दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको दोस्रो दिन बुधबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले जित निकालेका छन् ।
बुधबार बिहान सम्पन्न फुल कोर्ट (५×५) विधाको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ अंकले हरायो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि ४७–३ अंकको फराकिलो जित दर्ता गर्यो ।
महिला बास्केटबलअन्तर्गत बुधबार दिउँसो ३×३ विधाका प्रतिस्पर्धा हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलका खेलहरू कर्णाली प्रदेशमा जारी छन् ।
















