नेकपा (माओवादी केन्द्र) ले बाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।
माओवादी केन्द्रीय कार्यालयको पुस २३ गते बसेको बैठकले वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सदस्य छन्।
बैठकले प्रतिनिधि सभामा रहेका राजनीतिक दल तथा स्वतन्त्र सांसदसँग प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय समेत गरेको छ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्।













