प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकार्काबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रदेश सरकार विस्तारका बारेमा छलफल भएको छ ।