काठमाडौं – नागरिकता विवादबारे सर्वोच्चको फैसलापछि बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले मन्त्रीको लिष्टबाट हटाएको छ । मन्त्रालयले रविलाई पूर्व मन्त्रीको लिष्टमा समेत राखेको छैन्।
शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए।
त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्।













