रास्वपाले गर्‍यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए । श्रेष्ठको सांसद पद समेत गएको छ । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।