मदनकृष्ण र समीक्षाको स्वरमा पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक

Image

नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको रचनामा ‘हृदयकी रानी’ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो शिवाकोटीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

आधुनिक भाकाको गीतमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । हाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका शिवाकोटीले रचना गरेको गीतमा संगीत कीर्ति न्यौपानेको रहेको छ ।

यस्तै, गीतको एरेञ्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । भिडिओमा मदनकृष्ण श्रेष्ठ, गायिका कोमल ओली, स्मारिका ढकाल र विमल अधिकारीको अभिनय छ ।

भिडियोको निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । गीत सार्वजनिक भएसँगै राम्रो चर्चा भएको छ ।