करेन्ट लागेर ५० जंगली हात्तीको मृत्यु

Image

श्रीलंकामा यो वर्ष अहिलेसम्म करिब ५० जंगली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी)ले सोमबार जनाएको छ ।

सीईबीले देशको जैविक विविधताको प्रतीक जंगली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जंगली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ ।

सन् २०२३ मा श्रीलंकामा ९० जंगली हात्तीको मृत्यु भएको तथ्यांकले देखाउँछ । 

Share