म्याग्दीमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४२ मेगावाट क्षमताको राहु घाट हाइड्रोपावर टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिका–३ पिप्लेमा रहेको हाइड्रोपावर अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय ट्रिप्पर अडिट २ को घुम्ती नजिक सडकबाट ३ सय मिटर तल खस्दा टिपरमा चालक र सहचालक घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार मृत्यु हुनेमा भारको उत्तर प्रदेश बखरिया घर भएकाका ३३ वर्षका दशरथ यादव र सह चालक भारतको मध्य प्रदेश भेल बारी घर भएका ४० वर्षका शत्रु धन रजक रहेको मृत्यु भएको छ ।

Share