यातायात कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया पक्राउ

Image

रुपन्देहीको बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काम गरिरहेको आरोपमा सात जना पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा बिचौलियाको कार्य गरिरहेको अवस्थामा उनीहरूलाई मंगलबार  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुषाल रहेका छन्।

त्यसैगरी बुटवल उपमहानगरपालिका–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्ररमध्वज श्रेष्ठ पनि नियन्त्रणमा परेका छन्।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।