सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्दै आएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्न आवेदन मागेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको योगदानको कदर र प्रोत्साहनका लागि सम्मानित गर्न आवेदन आह्वान गरेको हो ।
उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि, २०७६’ अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
कार्यभिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएका, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेका पुरस्कारका लागि योग्य हुनेछन् ।
तर, विगत वर्षमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनोटमा नपरेका उद्यमीले आवेदन दिन सक्नेछन् ।