सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै अदालतले अर्का आरोपी राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । साह मंसिर २० गते शपथ ग्रहण समारोहबाटै पक्राउ परेका थिए ।
साहसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता सम्बन्धी मुद्दा दर्ता भएको छ ।
उपनिर्वाचन जितेका वडाध्यक्ष सपथ नलिँदै बलात्कार र हत्या आरोपमा पक्राउ















