राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पृथ्वी जयन्तीको कार्यक्रमको निम्तो दिएका छन् ।
मंगलबार अपरान्ह देउवाको बूढानीलकण्ठ निवासमै पुगेर लिङ्देनले नेपालको राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जनयन्तीमा राप्रपाले गर्ने कार्यक्रमको निम्तो दिएका हुन् ।
कांग्रेस सभापति देउवाले लिङ्देनलाई कार्यक्रममा आउने आश्वासन दिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
“उहाँ (राप्रपा अध्यक्ष लिङ्देन) पृथ्वी जयन्तीमा राप्रपाले गर्ने निमन्त्रणा लिएर आउनुभएको थियो । निमन्त्रणा दिएर जानुभएको छ,” भानु देउवाले भने, “सभापतिज्यू पहिला पनि जानु भएको थियो । यसपटक पनि कार्यक्रममा पुग्नु हुनेछ ।”
भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उनले बताए ।
















