कास्की अदालतमा रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो

Image

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा बहस सकिएको छ । लामिछानेका कानुन व्यवसायीहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापासहितले बहस गरेको अधिवक्ता रोहित बास्तोलाले जानकारी दिए ।

उनका अनुसार लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको हो । रविका कानुन व्यवसायीहरूको प्रतिवादी बहस सकिएसँगै अब मीना गुरुङ, कृष्ण गुरुङ र आरती गुरुङका कानुन व्यवसायीले बहस गर्नेछन् । यसअघि सोही प्रकरणमा पक्राउ परेका छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनालका पक्षबाट बहस भइसकेको छ ।

बाँकी तीन जनाको बहस सकिएपछि न्यायाधीश नितिज राईको इजलासले अभियुक्तहरूलाई पुर्पक्षको लागि जेल पठाउने, उन्मुक्ति दिने वा बाहिरै बसेर मुद्दा लड्ने भन्ने निर्क्योल गर्नेछ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् ।

Share