स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका दुवैजना धरौटीमा रिहा

Image

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन् ।

अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो । सुनिता ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक आदेश हुन बाँकी छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा २ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।