माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता

Image

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरुबीच छलफल भएको हो ।

सो क्रममा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरुले जनाएका छन् । त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ ।