पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Image

 नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र  ट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

हेर्नुहोस् निगमको विज्ञप्ति :