सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय भोग्नुपर्छ ? (पूर्णपाठ)

Image

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक संसदमा दर्ता गराएका हुन् ।

प्रस्तावित विधेयकका करिब दर्जन ठाउँमा सामाजिक सञ्जाल प्लाटफर्म र यसका प्रयोगकर्तालाई आर्थिक जरिवाना र जेल सजायसम्मको व्यवस्था उल्लेख छ ।

सरकारले नेपालमा अनुमति नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने व्यक्तिलाई २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी प्रस्ताव गरेको छ ।

कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द, तस्बिर, संकेत भिडियो, अडियो, मिथ्या वा भ्रामक सूचना प्रसार गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसैगरी सामाजिक सञ्जालमा विभत्स तस्बिर वा अडियो वा भिडियो पोष्ट वा सेयर गरेमा तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नु पर्नेछ ।

कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा हदैसम्मको कारवाही भोग्नुपर्नेछ । उक्त व्यवस्था अनुसार कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा तीन वर्षसम्मको कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।

यसैगरी फिसिङ वा इम्पोष्टर स्क्याम गर्नेले पनि अब छुट पाउने छैनन् । यस्तो कसूर गरेमा तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा बेनामी वा छदमभेषी (फेक आइड, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचानमार्फत् विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने, अरुको विषयवस्तु सेयर गर्ने, कमेन्ट गर्ने वा कल गर्ने कार्य गरेमा पनि कैद वा जरिवाना व्यहोर्नुपर्नेछ ।

यस्तो छ विधेयक