विजय बराल र विल्सन विक्रम राईको मुख्य भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तोकिएको छ ।
यो फिल्म आगामी असार २७ गते रिलिज हुने भएको हो । निर्माताले मंगलबार आरआर फिल्मसँग वितरणसम्बन्धी सम्झौता गरेपछि फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
नर प्रधान (मित्र) को निर्देशन रहेको फिल्ममा विजय र विल्सनसहित रोशन श्रेष्ठ, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय छ ।
ज्ञानबहादुर प्रधान ९रोशन० को लगानी रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । निर्देशक प्रधान स्वयंको कथा रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्दा उठान गरेको निर्देशक प्रधानको भनाइ छ ।
फिल्मको छायांकन नेपालका झापा र इलाम, भारतका सिक्किम र दार्जिलिङ तथा अमेरिकामा गरिएको हो ।