तोसिमा कार्कीको सांसद पद सुरक्षित, जितिन् मुद्दा

Image

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेको छ ।

मंगलबार न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

निर्वाचन आयोगले कार्कीले मुद्दा लड्न नपाउने भन्दै गरेको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिट जारी गर्दै सर्वोच्चले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको फैसला गरिदिएको हो ।

त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।