अब ह्वाट्सएप स्टाटसमा पनि गीत राख्न मिल्ने

Image

मेटाले आफ्नो म्यासेजिङ एप ह्वाट्सएपलाई थप परिस्कृत बनाउन खोजेको छ । कम्पनीले ह्वाट्सएपको स्टाटसमा गीतसंगीत राख्न मिल्ने फिचर थपेको छ ।

यससँगै फेसबुक तथा इन्स्टाग्राममा जसरी नै ह्वाट्सएपको स्टाटसमा पनि गीतसंगीत राख्न मिल्ने भएको हो । कम्पनीले स्पोटिफाइसँग इन्टिग्रेसन गरेर यो फिचर थपेको हो। मेटाले आधिकारीक रूपमा यसबारे जानकारी भने दिइसकेको छैन ।

ह्वाट्सएपको अपडेटेड संस्करणमा धेरै प्रयोगकर्ताले यो फिचर प्राप्त गरेका छन् । चाँडै नै कम्पनीले औपचारिक रूपमा यो फिचर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।