भक्तपुरमा व्यक्ति मृत भेटिए, हत्याको आशंका

Image

भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।

मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । उनको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ ।