चितवनको घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

Image

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार आज बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।

प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए । पहिरो हटाएर सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ ।