देशभरका शिक्षक काठमाडौँको सडकमा (भिडियो)

Image

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित आएका शिक्षकहरुले माइतिघरमा धर्ना दिएका छन् । बुधबारबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रीत सडक आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ ।

दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो । तर सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौँ केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी दिएको छ ।