अनियमितताको आरोप लागेर बाहिरिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनको प्रयास असफल भएको छ ।
गुरागाईंलाई रोक्न बालेनले महानगर प्रहरी परिचालन गरेका थिए । तर, उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू तथा एमाले निकट कर्मचारी संगठनका प्रतिनिधीहरूको सहयोग पाएपछि गुरागाईं कार्यालय प्रवेश गरेका हुन् ।
काठमाडौं महानगरपालिकामा प्रमुख कार्याकारी अधिकृत नहुँदा कर्मचारी तथा जनप्रतिनिधिहरूको तलब तीन महिनादेखि रोकिएको थियो । जसका कारण कार्यकारी प्रमुखलाई हाजिर गराउन एमाले निकट कर्मचारीहरूले सहयोग गरेसँगै उनलाई कार्यालय छिर्न नदिने महनगर प्रहरीको प्रयास असफल भएको हो ।
गुरागाईं महानगरपालिका प्रवेश गरेसँगै उपमेयर सुनिता डंगोलसहित वडाध्यक्षहरू सम्मिलित कार्यपालिकाको बैठक बसिरहेको छ । बैठकमा बहुमत कार्यपालिका सदस्यहरू रहेकोकाले आजको बैंठकबाटै महत्वपूर्ण निर्णय हुन सक्ने बुझिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले काठमाण्डौ टावर बनाउँदा नौ तलाको अनुमति लिएर १६ तला बनाउँन स्विकृत दिएको आरोप छ । यसबापत गुरागाईले अनुचित आर्थिक लाभ लिएको समेत मेयर बालेनको आरोप छ ।















