सुरक्षा खतरा रहेको भन्दै आफैं प्रहरी सम्पर्कमा पुगे दुर्गा प्रसाईँ

Image

तीनकुने प्रदर्शन हिंसात्मक भएपछि भागेर भारत पुगेका कमान्डर दुर्गा प्रसाईँ प्रहरीको सम्पर्कमा आएका छन् । आफूमाथि सुरक्षा खतरा रहेको भन्दै भारतको आसमस्थित भारतीय प्रहरीको सम्पर्कमा पुगेका उनलाई नेपाल प्रहरीले ल्याउने तयारी भईरहेको स्रोतले दाबी गरेको छ ।
प्राप्त जानकारी अनुसार सम्भवतः शुक्रबार उनी भारतबाट काँकडभित्ता हुँदै नेपाल आउने छन् ।

नेपाल प्रहरीको तीब्र खोजीमा रहेका प्रसाईँ बिहिबार प्रहरी सम्पर्कमा पुगेको उनको पारिवारिक स्रोतले पुष्टि गरेको हो । उनीसँगै प्रहरीको खोजी सुचीमा रहेका अन्य सहयोगी पनि सम्पर्कमा आईसकेकाले उनिहरुलाई समेत प्रहरीले नेपाल ल्याउँदै छ ।

स्रोतका अनुसार प्रदर्शन लगत्तै भागेर भारतको आसाम पुगेका प्रसाईले सुरक्षा खतरा महशुस गरि भारतको आसामस्थित प्रहरीमा पुगेर नेपाल प्रहरीसँग सम्पर्क गरेका थिए । भारत पुगेपछि दुईवटा भिडियो समेत फेसबुकमा पोष्ट गरेका उनलाई खोज्न नेपाल प्रहरीको विशेष ब्यूरो भारतमा समेत पुगेको थियो । प्रहरीले भने प्रसाई प्रहरी सम्पर्कमा आएको पुष्टि गरेको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले दुर्गा प्रसाई तिनकुने प्रदर्शन लगत्तै भारत पुगेको आशंकामा उनको खोजी भईरहेको भएपनि सम्पर्कमा आएकोबारे स्पष्ट भईनसकेको जनाएका छन ।

खोजीका लागि प्रहरी पुगेको सुचना पाएपछि सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका प्रसाईले बुधबार मात्रै आफू भागेको नभई आफुमाथि इनकाउण्टरको तयारी भएकाले जोगिएर बसेको बताएका थिए ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले व्यापक तोडफोड, आगजनी र लुटपाट गरेकाले प्रर्दशनको मुख्य कमाण्डरका रुपमा प्रसाईलाई खोजिरहेको छ ।