अभिनेत्री नीति शाहले गरिन् विवाह

Image

अभिनेत्री तथा मोडल नीति शाहले विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा भएको उनीहरूको विवादको दर्ता प्रमाण पत्र भने प्रक्रियामा छ । यचित पेशाले एरोस्पेस इन्जिनियर हुन् । यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ बनेकी नीतिका ‘खजुरे ब्रो’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आइसकेका छन् । ‘नरसिंहा अवतार’ भने जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।