सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने

Image

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ ।

बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकसँग छलफलपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेश गर्ने गरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको जानकारी दिए ।

उनले बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए । बर्तौलाका अनुसार वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।