त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा मोबाइल फोन, ल्यापटपसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षाको टोलीले चिनिया नागरिक २९ वर्षीय चेन जुङसेनदाईलाई पक्राउ गरेको हो । ग्वान्जावबाट चाइना इस्टर्न एयरलाइन्सको उडानबाट काठमाडौं आएका चेनले आइफोन तथा विभिन्न मोबाइल फोनका पाटपुर्जा र सुर्तीजन्य पदार्थसमेत बरामद गरेको छ ।
बिनाबिल करिब ७२ लाख बराबरको सामान ल्याएको खुलेपछि उनलाई नियन्त्रणमा लिएर विमानस्थल भन्सार कार्यालय पठाएको विमानस्थल सुरक्षा प्रवक्ता एसपी राजकुमार सिलवालले जानकारी दिए ।
यसरी नै कतारको दोहाबाट काठमाडौं आएका धनुषाका कृष्णदेव यादवले ल्याएका ३ थान सुनको सिक्रीसमेत बरामद गरेको छ ।














