प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।
सरकार विरुद्ध गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् ।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
केही समयदेखि राज्यमन्त्री पदबाट राजीनामा दिन नेपाली कांग्रेसले तामाङलाई आग्रह गर्दै आएको थियो । उनले राजीनामा नदिएपछि बर्खास्त गरिएको हो । उनी साउन १८ मा नियुक्त भएका थिए ।