जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
शनिबार हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएपछि राणाले पूर्वराजा शाहसँग भेट गरेका हुन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत भेटका तस्बिर सार्वजनिक गर्दै भेटवार्ता फलदायी रहेको बताएका छन्।
भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने राणाले केही खुलाएका छैनन्।
राप्रपाबाट अलग भएपछि राणाले जय नेपाल पार्टी गठन गरेका हुन्। उनको पार्टीले राजतन्त्रसहितको एजेन्डा अघि सारेको छ।














