गभर्नरको विषय मिलेको हल्लापछि शान्त देखिएका थापाले फेरि भने- सरकार छाडन सकिन्छ

Image

गभर्नरको विषयमा काँग्रेस एमालेबीच विवाद हुँदा सरकारको उग्र विरोध गरेका नेपाली काँग्रेस महामन्त्री गगन थापाले सरकार छाड्न सकिने संकेत गरेका छन् । विवादमा रहेको गर्भनर काँग्रेसको भागमा परेको हल्लापछि शान्त देखिएको महामन्त्री थापाले फेरि सरकार जुनसुकै बेला छाडनुपर्ने परिस्थिती आउने बताएका हुन् ।

बिहीबार लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले परिआए तत्काल कांग्रेस सरकारबाट बाहिरिन सक्ने बताए । उनले कांग्रेसका आफ्नै बाध्यताहरू रहेकाले केपी ओली नेतृत्वको वर्तमान सरकारमा रहेको भन्दै यसबाट जुनसुकै बेला बाहिरिनपर्ने अवस्था आउँने उदघोष गरेका हुन् ।

उनले भने, ‘आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ। कतिपय हामीले कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ। हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी । सरकारै सबैभन्दा ठूलो कुरा होइन ।’

उनले कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए ।

राष्ट्र बैंकको गर्भनर पनि काँग्रेसले पाएपछि गठबन्धनको अर्को खुडकिलो टर्यो