कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्

Image

 नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका बारेमा चिन्ता नगर्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’मा उनले ०८४ को निर्वाचनको चिन्ता गर्न आग्रह गरे ।

नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले स्थायित्व दिने बताए । ‘यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भने । उनले एमालेले जहिले पनि चुनाव हेर्ने बताए । “ढुक्कले मिसन ८४ लाग्नुस्,” ओलीले निर्देशन दिए ।

ओलीले राष्ट्रवादी अडानका कारण एमालेमाथि विभिन्न पक्ष खनिएको दाबी गरे । “विभिन्न पक्ष भयभीत भएका छन् । दिनपिच्छे भ्रम फिजाउन थालेका छन्,” ओलीको भनाइ छ ।