क्यानडाको भ्यानकुभरमा एक सडक महोत्सवका क्रममा एउटा सवारी साधन मानिसहरूको भिडमा जोत्दा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको छ ।
भ्यानकुभरमा फिलिपिनो समुदायले मनाउने एउटा महोत्सवका सहभागीलाई लक्षित गरी चालकले उक्त कालो रङको एसयूभी मानिसहरूमाथि कुदाएका थिए ।
भ्यानकुभरको इस्ट ४१ एभिन्यू र फ्रेजर स्ट्रिटमा स्थानीय समयअनुसार शनिबार राति ८ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।
घटनामा कति जनाले ज्यान गुमाए भन्ने विवरण दिइएको छैन । घटनामा संलग्न भएको आरोपमा प्रहरीले भ्यानकुभरकै स्थानीय ३० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ ।
घटनाप्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुःख व्यक्त गरेका छन् ।