काठमाडौंको बालाजुमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् ।
काठमाडौं महानगरपालिका–१६ स्थित जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
श्रीमानसँग विवाद भएपछि गएराति १० बजेतिर शरीरमा आगो लगाएकी उनलाई परिवारको सदस्यहरूले नयाँ बजारस्थित पिपल्स अस्पताल लगेका थिए ।
चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















