डाइभर्सन पुननिर्माणपछि कान्ति लोकपथ सञ्चालनमा

Image

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो ।

सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

कान्ति लोकपथ मर्मतको काम भइरहेकाले वैशाख १८ देखि जेठ १ सम्म प्रत्येक दिन ६ घन्टा १० बजेदेखि दिनको ४ बजेसम्म बन्द गरिएको छ ।