रविन्द्र मिश्रको रिहाइको माग गर्दै अनशन जारी, आज पाँचौँ दिन

Image

राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौ दिन पनि रिले अनशन जारी राखेका छन् ।

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गर्दै मिश्र लगायत सबैको रिहाइको माग गर्दै उनीहरुले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन् । उनीहरुले झुठा मुद्दा खारेज गर, राष्ट्रवादीहरुलाई रिहा गर, विधिको शुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रिले अनशनको पाँचौ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगायतका नेताहरु सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकाहरुलाई छिटो भन्दा छिटो रिहा गर्नुपर्ने बताए । उनले आफुहरुको आन्दोलन नरोकिने भन्दै आफ्ना माग मुद्दा स्थापित भएरै छाड्ने उल्लेख गरेका छन् ।

मिश्र लगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।