राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप हुँदा एक जना घाइते भएका छन् । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् । पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।
एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।
तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन् । पौडेललगायतले कार्यक्रम रोक्नुपर्ने भन्दै आफैमाथिसमेत आक्रमणको प्रयास भएपछि कार्यकर्ताले प्रतिरक्षा रहेको एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले बताए ।