प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् । झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ ।
“आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार रु के यो सरकारको आयुको संकेत हो रु,” उनले प्रश्न गरिन् ।
पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन् । जसकारण पनि सरकारको विरोध भइरहेको छ ।















