प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री र स्वास्थ्यमन्त्रीसँगै बालुवाटार पुगे देउवा

Image

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।

विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सकेनन् । भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ ।

गृहमन्त्री लेखकका निकस्थ उच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएपछि त्यसमा नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनका लागि सघाउनुपर्ने माग विपक्षी दलहरूको छ ।

बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।