प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।
अमेरिकाको न्युयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी)को प्रयोग गरेनन् ।
प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् ।
राष्ट्रसंघको महासभामा सहभागी भई उनी असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्नेछन् ।














