नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोलि जेठ १५ को कार्यक्रम कसैको विरोधमा नभएको बताएका छन् ।
बुधबार एमालेको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भोलि एमालेले गणतन्त्र उत्सवको रूपमा मनाउने बताए । उनले भने, ‘हाम्रो कार्यक्रम कसैको विरोधमा होइन, एमालेले गणतन्त्रलाई उत्सवको रूपमा मनाउँछ ।’
सोही क्रममा उनले आगामी बजेटको मिति पनि सार्नुपर्ने भनाइ राखेका छन् । उनले आगामी दिनमा संविधान यसैगरी संशोधन गर्दै लैजानु पर्ने प्रस्ताव गरे ।
भोलिको एमालेले भृकुटीमण्डपमा कार्यक्रम गर्नका लागि स्थान तोकिएको छ । भोलि कै दिन राजावादी समूहले पनि काठमाडौं केन्द्रित कार्यक्रम गर्दै छ ।














