क्रिप्टोसहित डिजिटल करेन्सी सरकारले जफत गर्ने

Image

क्रिप्टोसहित डिजिटल करेन्सी सरकारले जफत गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् सो घोषणा गरेका हुन्।

क्रिप्टो जस्ता अभौतिक मुद्रा, अवैध विदेशी मुद्रालगायतका कसुरजन्य सम्पत्ति जफत गरी सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने छ। 

उनले कसुरजन्य सम्पत्तिको रोक्का, नियन्त्राण र जफतसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाइने बताए।