तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Image

विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः ८०० र ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हाजर ७०० सोही परिमाणको चाँदीको मोल रु दुई हजार १५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन रु एक लाख ९५ हजार ५०० र चाँदी रु दुई हजार २०० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।