कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन् । आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन् ।
कालीमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ ।
काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन् । कालीमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।















