ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी बाबु-छोराको मृत्यु भएको छ । सोमबार बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र उनका छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ । सबै बाटाहरु बन्द भएकाले विकल्प खोज्ने क्रम भईरहेको प्रहरीले जनाएको छ ।













