ओलीले सचिवालय बैठकमा पेश गरे स्थायी कमिटी सदस्यका नाम

Image

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका सदस्यहरूको नाम सचिवालय बैठकमा पेश गरेका छन्।

बिहीबार बिहान १० बजेदेखि पार्टी कार्यालय ललितपुरको च्यासलमा बसिरहेको बैठकमा उनले स्थायी कमिटीमा रहने नेताहरूको नाम प्रस्ताव गरेका हुन्। जसमा देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुङ्बाहाङफे र विमला घिमिरेलगायत छन्।

बाँकी नामहरू छुटेको जिल्लाबाट समेट्ने अध्यक्षले बताएका छन्। एमालेको १८ जना सचिवालय पदाधिकारी स्वतः स्थायी कमिटी हुने व्यवस्था छ।