एमाले अध्यक्ष ओली पञ्चकोटमा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ पुगेका छन । काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बिचमा र मन्त्रीमण्डल बिस्तार भइरहदाँ एमाले अध्यक्ष ओली भने बागलुङ पुगेका हुन् । ओली जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेको बताइएको छ । उनी आजै काठमाडौं फर्कने छन् ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ ।

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ फागुन ९ गतेदेखि सञ्चालित महायज्ञ आज समापन हुँदैछ ।