धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या, काठमाडौंमै अवतरण गरियो

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

प्रवक्ता टेकनाथ सिटौलाका जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ । धावनमार्ग भने खाली भएको छ ।

विमानमा भएका यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाउने तयारी छ ।