नेपाल नागरिक उड्डयन प्राधिकरणका विवादास्पद महानिर्देशक प्रदीप अधिकारीले सरकारको निर्णयलाई अवज्ञा गरेका छन् । आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री गङ्गा दाहालको साथ रहेको भन्दै महानिर्देशक अधिकारीले मन्त्रीले सोधेको स्पष्टीकरणको अवज्ञा गरेका हुन् ।
असार ११ गते जनस्तरबाट अधिकारीमाथि उठेका प्रश्न समेटेर पर्यटन मन्त्रालयले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । ७ दिनभित्र जवाफ पेस गर्न निर्देशनसहित सोधेको स्पष्टिकरणलाई अधिकारीले अवज्ञा गदै आफुलाई सरकारले केहि गर्न नसक्ने दाबी गरेको छन । उनले आफु निकटसँग प्रधानमन्त्री प्रचण्डको सचिवालयले मन्त्रीलाई हटाउन लागेका सुचना दिएकाले स्पष्टीकरण नदिएको बताएका छन् ।
मन्त्रालयका अनुसार आज ५ बजेसम्म अधिकारीले सरकारले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्नुपर्ने भएपनि पाँच बजेसम्म स्पष्टीकरण दर्ता भएन ।
त्यसो त महानिर्देशक अधिकारीले स्पष्टीकरण प्राप्त भएकै दिन प्राधिकरण मातहतका आयोजना प्रमुखलाई बोलाएर स्पष्टिकरण दिनुपहिले नै मन्त्री फेरिन सक्ने भएकाले यसको जवाफ नदिने अडान लिएका थिए ।
उता स्पष्टीकरण सोधिएकै दिन महानिर्देशक अधिकारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए । सो दिन मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री पुत्री दाहालको सहयोगमा उनले प्रधानमन्त्रीलाई भेटेका थिए ।
२०७८ माघ १८ गते तत्कालीन पर्यटन मन्त्री प्रेम आलेलाई रिझाएर विवादास्पद पृष्ठभूमिका अधिकारी आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए । तत्कालीन पर्यटन मन्त्री आलेले ११ औँ तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै महानिर्देशक नियुक्त गरेका थिए । पछिल्लो समय अधिकारीको मन्त्री किराँतीसँग सम्बन्ध बिग्रिएपछि प्रधानमन्त्री पुत्रीको हवला दिदै आफुलाई मन्त्री किराँतीले केहि गर्न नसक्ने बताउँदै आएका थिए । अडियोमा के छ भन्ने नखोलेपनि प्रधानमन्त्रीका मुख्य स्वकीय दाहालसँग भएको कारोबारको एउटा अडियो रेकर्ड राखेकाले आफूलाई प्रधानमन्त्रीले हल्लाउन नसक्ने दाबी अधिकारीले आफुनिकटसँग सुनाउने गरेका छन् ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्टाएर सेवा प्रदायक र नियामक निकाय बनाउनु पर्ने नीति लिए पनि अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्टाउन नहुने पक्षमा थिए । उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा सर्त नियमावली विपरीत भएको स्पष्टीकरणमा उल्लेख गरिएको थियो । पर्यटनमन्त्री किराँतीलाई समेत आर्थिक प्रलोभनमा पारेर आफ्नो चरम अनियमितता लुकाउने प्रयत्न गरिरहेका अधिकारीको प्रलोभनमा मन्त्री नपरेपछि लामो समयदेखि अधिकारीले दाहालको एउटा अडियो देखाएर मन्त्री नहटाए सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए ।
प्राधिकरणका एक उच्च कर्मचारीका अनुसार उक्त अडियो महानिर्देशक अधिकारीले दाहालसँग भएको संवादको भएकाले यसमा के छ भन्ने नखुलेपनि आर्थिक कारोबारको अडियो हुन सक्ने धेरेको आङ्कलन छ । प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव तथा छोरी दाहालसँगको भनिएको यही अडियो देखाएर अधिकारीले बालुवाटारलाई आफ्नो काबुमा राखिरहेको चर्चा अहिले सामाजिक सञ्जालमा पनि चल्ने गरेको छ । यही कारण दर्जन बढी अनियमितताका घटना सतहमा आउँदा समेत आफ्नो पार्टी मन्त्रीलाई हटाएर बरु उनै विवादित र भ्रष्ट भनिएका अधिकारीलाई जोगाउन पुरै बालुवाटार लागि परेको छ ।
दर्जनौँ आरोपले डामिएका डिजी जोगाउन प्रधानमन्त्री पुत्री लागेकै हुन ?
बालेनलाई स्पष्टीकरण सोधेका अधिकारी भन्छन् – सरकारले सोधेका प्रश्नको जवाफ मैले दिन्न
मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी
मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन
प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन
ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे
पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु
पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब
बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी
प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी
अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल
गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार
कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो
नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’













