धनुषाको मिथिलाका वडाअध्यक्षको गोली हानी हत्या

Image

 धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ । शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो ।

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।